Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


महोत्तरीमा समानुपातिकतर्फ राजपा पहिलो, कांग्रेस दोस्रो


0
Shares

शुक्रबार साँझ सम्पन्न जिल्लाका चारओटै निर्वाचन क्षेत्रको समानुपातिकको अन्तिम मतपरिणामअनुसार पहिलोमा राजपा, दोस्रोमा नेपाली कांग्रेस, तेस्रो स्थानमा संघीय समाजवादी फोरम नेपाल, चौथोमा माओवादी केन्द्र र पाँचौं स्थानमा नेकपा एमाले रहेको छ ।

प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभामा नेपाली कांग्रेसले एउटा पनि सिट जित्न सकेको थिएन ।

जिल्लाका चार क्षेत्रमध्ये तीनओटा क्षेत्रमा राजपा–फोरम गठबन्धन र एउटामा वाम गठबन्धनले जित हासिल गरेको छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ राजपा ६० हजार २०१ मतका साथ अग्रस्थानमा रहेको हो ।

यस्तै, कांग्रेस ३४ हजार २० मत, संघीय समाजवादी फोरम २९ हजार ५५१ मत, माओवादी केन्द्र २९ हजार २७३ मत तथा एमाले १३ हजार ६९४ मतका साथ क्रमशः दोस्रोदेखि पाँचौं स्थानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी, प्रदेशसभाको समानुपातिकतर्फ पनि राजपा नै अगाडि रहेको छ । राजपा ५५ हजार ५०४ मत प्राप्त गरी पहिलो स्थानमा रहेको हो ।

यस्तै, कांग्रेस ३० हजार ६७ मत, संघीय समाजवादी फोरम २७ हजार १३३ मत, माओवादी केन्द्र २६ हजार ७६७ मत र एमाले १२ हजार ६२१ मत प्राप्त गरी क्रमशः दोस्रोदेखि पाँचौं स्थानमा रहेका छन् ।