Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


सोलुखुम्बुमा १२ जनाको जमानत जफत


0
Shares

सोलुखुम्बुबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि १८ जना उम्मेदवार बनेकोमा १२ जना उम्मेदवारले निर्वाचन ऐनले तोकेको प्रतिशत मत ल्याउन नसक्दा जमानत जफत भएको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा–७१ को उपदफा–१ बमोजिम सोलुखुम्बुबाट १८ जनामध्ये १२ जना उम्मेदवारको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सोलुखुम्बुका सहायक निर्वाचन अधिकृत मुरारी वस्तीले जानकारी दिए ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा–७१ को उपदफा–१ मा चुनावमा जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ ।

उक्त व्यवस्थाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ पाँच जना, प्रदेशसभा १ को एक स्वतन्त्र सहित ४ जना र प्रदेश सभा २ को ३ जना गरी १२ जना उम्मेदवारको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यलय सोलुखुम्बुले जनाएको छ ।