पोखरा । एपिएफ क्लब पोखरामा जारी राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगिताको शीर्षस्थानमा उक्लेको छ ।
नेपाल भलिबल संघको आयोजना भएको आरबिबि एनभिए राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा एपिएफले ढोरपाटन र हेल्प नेपाललाई हराउँदै १४ अंक सहित शीर्षस्थानमा उक्लिएको हो ।
त्यस्तै आज भएको अर्को खेलमा आर्मीले नेपाल पुलिस क्लब र मणिमुकुन्द भलिबल क्लब रुपन्देहीलाई हराएको छ ।
आर्मीले पुलिसलाई सोझो सेट र मणिमुकुन्दलाई ३–२ को सेटले हराउदै ५ खेलबाट १२ अंक जोडेको छ ।
त्यसैगरी बुधबार नै भएको अर्को खेलमा नयाँ बजार समाज क्लबले जाउलाखेल क्लबलाई सोझो सेटमा हरायो ।
प्रतियोगितामा नेपाल पुलिसको पाँच खेलबाट १० अंक रहेको छ ।








प्रतिक्रिया दिनुहोस्