२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


निर्वाचन सकिएपछि पनि विप्लव नेतृत्वको नेकपाको हिंसात्मक गतिविधि जारी


0
Shares

नेकपाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको पूर्व सन्ध्यामा देशभर हिंसात्मक गतिविधि गरको थियो । निर्वाचन सम्पन्न भएपश्चात पनि यस्ता गतिविधिलाई सो पार्टीले निरन्तरता दिएको छ ।

गत शुक्रबार भोजपुरको अरुणगाउँपालिका १ का वडाअध्यक्ष नगेन्द्र खत्रीमाथि भएको सांघातिक हमलाको जिम्मेवारी विप्लव नेतृत्वको नेकपाले लिएको छ । खत्रीलाई गत शुक्रबार वडा कार्यालय जानेक्रममा बाटोमा पाँचजनाको समूहले कम्मर मुनि धारिलो हतियार प्रयोग गरी घाइते बनाएका थिए ।

हाल काठमाडौंस्थित पाटन अस्पतालमा उनको उपचार भइरहेको छ ।

खत्रीमाथिको आक्रमण आफूले गरेको बिहीबार नेकपाले विज्ञप्तीमार्फत जनाएको हो ।

नेपाल कम्युनिष्ट पार्टी भोजपुरका जिल्ला इन्चार्ज ज्ञानुद्वारा हस्तक्षर गरिको विज्ञप्तीमा खत्रीले पार्टी आस्थाको आधारमा योजना बाँडफाँड गरेको, नेपाल कम्युनिष्ट पार्टीविरुद्ध सुराकी गरेको र जनपक्षीय काम नगरेका कारण सुधार्नका लागि चेतवनीस्वरुप भौतिक कारवाही गरेको उल्लेख छ ।