२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


प्रदेशसभा समानुपातिकतर्फ १३ दलले नामावली बुझाए


0
Shares

नामावली बुझाउने अन्तिम दिन शुक्रबार १३ दलले नामावली बुझाएका हुन् ।

२२० सिटका लागि प्रदेश नम्बर–१ मा ३७, प्रदेश–२ मा ४३, प्रदेश–३ मा ४४, प्रदेश–४ मा २४, प्रदेश–५ मा ३५, प्रदेश–६ मा १६ र प्रदेश–७ मा २१ जना रहेका छन् ।

ती सिटहरुमध्ये नेकपा एमालेले ७५, नेपाली कांग्रेसले ७२, माओवादी केन्द्रले ३५ सिट प्राप्त गरेका छन् ।

शनिबार (भोलि) ती नामावलीमाथि छानबिन हुने जनाइएको छ ।

आगामी आइतबार नमिलेका नाम सच्याउन तीन दिनको समय दिइने र बुधबार पुनः अन्तिम नामावली प्रदेशप्रमुखलाई दिने आयोगले जनाएको छ ।