
२०६६ सालमा भवन डिभिजन कार्यालयले बनाएको उक्त भवन प्रयोगमा नआउँदा बेवारिसे बनेको हो । भवन ९ बर्षदेखि सञ्चालनमा आएको छैन ।
निर्माण भएदेखि हालसम्म प्रयोगमा नआउँदा भवनका झ्याल, ढोकासमेत तोडफोड भएका छन् भने भवनका कोठामा पराल, नल, घाँस राख्ने ठाउँ बनेको छ ।
जिल्ला अस्पतालको क्षेत्रभित्रै पर्ने यो भवन अस्पतालभन्दा २ सय मिटर मात्रै टाढा छ ।
अस्पतालभन्दा थोरै टाढा हुँदा पनि यहाँ कुरुवा बस्न नमान्दा भवनको यस्तो हालत भएको जिल्ला अस्पतालका सूचना अधिकारी गंगाप्रसाद जोशीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्