
२०७२ मा करिब ३०० मेगावाट आयात भएको थियो । मागअनुसार सरकार र निजी क्षेत्रले जलविद्युत आयोजना निर्माण गर्न नसकेकाले बर्सेनि परनिर्भरता बढेको हो ।
‘सुक्खायामको सुरुआतसँगै पानीको सतह कम भएकाले नदीको प्रवाहमा आधारित विद्युत आयोजनाको उत्पादन घटेकाले मुलुकमा लोडसेडिङ हुन नदिन हाल भारतबाट ४ सय मेगावाट विद्युत आयात गरिरहेका छौं,’ विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भने, ‘यस वर्ष माघ–फागुनमा लोडसेडिङ हुन नदिन भारतबाट ७० मेगावाट थप गर्दा ४७० मेगावाट पबजुली आयात हुनेछ ।’ –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्