२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


अर्कोपटक भोट माग्न आउँदा चितवनका सडकमा धुलोमैलो खानुपर्ने छैन : दाहाल


0
Shares

चितवन, पुस १ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले विकास निर्माणका लागि छुट्याउने बजेट दुरुपयोग हुन नदिन सबै सचेत बन्नुपर्ने बताएका छन् ।

भरतपुर महानगरपालिका–२१ पार्वतीपुरमा आजदेखि शुरु भएको श्रीमद्भागवत विराट नवाह ज्ञान महायज्ञ उद्घाटन गर्दै दाहालले केन्द्रीय स्तरबाट आएको विकास बजेटको सदुपयोगका लागि तल्लोस्तरबाट निगरानी गर्नुपर्ने बताए ।

विकासका लागि रकमको अभाव नहुने भन्दै उनले चितवनको एउटा बाटो पनि पिचबाट बञ्चित नरहने दाबी गरे । आगामी चुनावमा भोट माग्न आउँदा धुलोमैलो खान नपर्ने उनको भनाइ थियो ।

‘भरतपुरमा रिङरोड पनि बन्छ,’ उनले भने, ‘डिपिआर निर्माणका लागि बजेटसमेत विनियोजन भइसकेको छ ।’

विकास र समृद्धिको मोडेलका रुपमा चितवनलाई प्रस्तुत गर्ने भन्दै दाहालले राजनीतिको प्रारम्भ र उत्तरार्द्धमा चितवनका जनतासँग हातेमालो गर्ने बताए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले केन्द्रबाट विनियोजन भएका रकम सही ठाउँमा प्रयोग हुनुपर्ने बताए ।