Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


शीर्ष नेतालाई उपेन्द्र यादवको सुझाव–‘राजनीतिक शास्त्र अध्ययन गर्नोस्’


0
Shares

बिहीबार सप्तरीको राजविराजमा आयोजित ‘निर्वाचित प्रतिनिधि तथा प्रदेशसभा सदस्यहरुलाई बधाइ तथा सम्मान’ कार्यक्रममा उनले वर्तमान ‘संविधानमा संघीयताको परिभाषा नै त्रुटिपूर्ण’ रहेको भन्दै नेताहरुलाई राजनीतिक शास्त्रको शब्दकोश अध्ययन गर्न सुझाव दिए ।

नेता यादवले शीर्ष नेताहरुको गलत चिन्तन र दमनकारी मानसिकताकै कारण त्रुटिपूर्ण संविधान जारी भएको जिकिर गरे ।

विश्वका अरु मुलुकहरुमा निर्वाचनको मतगणना सम्पन्न भएको घोषणा हुनेबित्तिकै बहुमत प्राप्त दलका नेता स्वतः प्रधानमन्त्री तथा राष्ट्रपति हुने चलन रहेको भन्दै उनले नेपालमा संविधानकै त्रुटिका कारण एक महिना बित्न लाग्दा पनि सरकार गठनमा आलटाल भइरहेको तर्क गरे ।