३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


कृषिबाटै मालामाल भए कार्की, एक हजारको लगानीबाट करोडपति


0
Shares

एक हजारको लगानीबाट कृषि पेशा सुरु गरेका कार्की अहिले एक करोडभन्दा बढी सम्पत्तिको मालिक बनेका छन् । सँगै पढेका साथीहरु सरकारी उच्च तहमा पुगेपनि आफूलाई कृषि पेशाबाटै सन्तुष्टि मिलेको कार्की बताउँछन् ।

कार्की अहिले जिल्लाका नमूना कृषक र कृषि पेशाबाट नै सामाजिक सेवामा सक्रिय व्यक्तिको रुपमा चिनिन्छन् । कृषि पेशाबाटै उनले म्यादी र बाग्लुङमा घडेरीसमेत जोडेका छन् ।

१८ रोपनी जग्गामा मौसमी र बेमौसमी तरकारी खेती, फलफूल, पशु तथा माछापालन गर्दै आएका कार्की वार्षिक १२ लाख रुपैयाँभन्दा बढी कमाइ हुने बताउँछन् ।