१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


भूकम्पपीडितले आवास निर्माण गर्न सकेनन्


0
Shares

भूकम्प प्रतिरोधी घर निर्माणका लागि स्थानीय तहमा नक्शा तयार गर्न र प्राविधिकको सहयोग लिन गएका पीडितलाई सिन्धुली जिल्लाका नगरपालिका र गाउँपालिकाका प्राविधिकहरुले सल्लाहसमेत दिन भ्याएका छैनन् ।

चुनावपछि निर्माण सामग्रीको अभाव, मूल्यबृद्धि र दक्ष कामदारको अभाव हुँदा जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकाका भूकम्पपीडित समस्यामा परेका हुन् । पहिलो किस्तावापत ५० हजार रकम लिएका पीडितले पुष मसान्तसम्म घरको जग राखिसक्नुपर्ने भएकाले उनीहरु दिनहुँ प्राविधिकको खोजीमा स्थानीय तहमा धाउने गरेका छन् ।

जिल्लामा ३४ हजार ९ सय ८८ घर पुनर्निर्माण गर्नुपर्ने छ । त्यसमध्ये ३२ हजार ९ घरले पहिलो किस्ता लिएका छन् भने पाँच हजार पाँचसयले दोस्रो किस्ता पनि लिएका छन् ।