
गत वर्ष मधेश आन्दोलन, नाकाबन्दी, आयोजना र ठेकेदारबीचको विवादजस्ता कारण अल्झिएको आयोजनाले नेपाली ठेकेदारको बिदाई गरेर चिनियाँ कम्पनी आफैंले पर्याप्त जनशक्ति लिएर कामको गति बढाएको हो ।
२०७१ माघ १ गते शिलान्यास गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम २०७४ पुस मसान्तभित्र सम्पन्न भईसक्नु पर्ने हो । तर तीन बर्षको अवधिमा विमानस्थलको काम ३५ प्रतिशतमात्र सम्पन्न भएको छ ।
आयोजना र ठेकेदार कम्पनीवीच यस अवधिमा काम सम्पन्न गर्ने सम्झौता भए पनि विभिन्न अवरोधका कारण काम पूरा हुन नसकेको आयोजनाका प्रमुख ईन्जिनियर ओम शर्मा बताउँछन् ।
तीन किलोमिटर लम्बाई रहेको धावनमार्गको अहिले ३५ प्रतिशत बढी काम सम्पन्न भईसकेको छ । धावन मार्गमा सबबेस लेयर हाल्ने काम भईरहेको छ भने माटो फिलिङसहित २ फुट बाक्लो प्रि–सबबेसको काम सम्पन्न भएको आयोजनाले जनाएको छ । त्यसैगरी ८ तल्ला अग्लो कन्ट्रोल टावर र अग्नि नियन्त्रण कक्षको पहिलो तल्लाको काम पनि भईरहेको छ ।
बैशाखभित्र यी सबै भौतिक संरचनाको काम ५० प्रतिशत बढी सकिने आयोजनाका इन्जिनियर विजय शाक्य बताउँछन् ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्