Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


नयाँ युग आएको अनुभूति दिलाउनुपर्छ : दाहाल


0
Shares

शुक्रबार चितवन उद्योग संघको नवौं अधिवेशनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले विगतमा देशको विकास भएन भनेर राजादेखि विभिन्न शक्तिलाई दोष दिइएको भन्दै अब मुलुकको विकासका निम्ति कसैलाई दोष नलगाउन नहुने बताए ।

उनले देश आर्थिक युगको चरणमा प्रवेश गरेको बताउँदै अबको पाँच वर्ष द्रुतरुपमा काम गरेर नयाँ युग आएको अनुभूति नागरिकलाई दिलाउनुपर्ने धारणा राखे । आगामी दशकहरु नेपालको समृद्धिको दशक बन्ने उनको भनाइ छ ।

दाहालले चितवन केन्द्र र प्रदेशको राजधानी बन्नसक्ने सम्भावना रहेपनि आर्थिक राजधानी भने बनेरै छाड्ने बताए । उनले चितवनलाई आर्थिक विकासको राजधानी बनाउन कसैले रोकेर नरोकिने जिकिर गरे ।

उनले ‘चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण गरेर औद्योगिक विकास गरिन्छ’–भने ।