२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नाफामात्रै कमाउने उद्देश्यले खोलिएका सहकारी ठग : गभर्नर नेपाल


0
Shares

शनिबार सर्लाही सदरमुकाम मलंगवामा द सहारा लोन सेविंग्स को–अपरेटिभ सोसाइटी लिमिटेडको २१औं वार्षिक सधारणसभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

नाफामात्रै कमाउने उद्देश्यले खोलिएका सहकारी ठग भएको भन्दै उनले त्यस्ता सहकारीलाई नेपाल राष्ट्र बैंकले कारबाही गर्ने चेतावनी दिए ।

थोरै नाफा लिइ गाउँ–समाजलाई विकसित बनाइ राष्ट्रलाई आर्थिकरुपमा समृद्ध बनाउने सोच सहकारी संस्थाको हुनुपर्ने उनको भनाइ छ ।

अर्को एक प्रसंगमा गभर्नर नेपालले तराईका ८ जिल्लाहरुमा ऋणीलाई एक प्रतिशत ब्याजदरमा विशेष कर्जा दिने नीति राष्ट्र बैंकले ल्याउन लागेको जानकारी दिए ।

उद्यमशीलता कम भएका ती ८ जिल्लाका नागरिकको आर्थिक अवस्था उकास्नका लागि राष्ट्र बैंकले यस्तो नीति ल्याउन लागेको गभर्नर नेपालले उल्लेख गरे ।