१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


गिट्टीले बजार नपाउँदा सस्तोमा वेच्न वाध्य महिला मजदुर


0
Shares

 

कठयाङग्रिदो चिसो र कडा मेहनतका साथ गिट्टी कुट्ने थापाको गिट्टी भने विक्री भएको छैन । गिट्टीले बजार नपाउँदा थापा अहिले कौडीको भरमा गिट्टी बेच्न वाध्य भएको बताउँछिन् ।

थापा मात्रै होइन मायाराजु भाट, टंकेश्वरी कुँवरलगायत अन्य केही मजदुर महिलाहरुले श्रम अनुसारको मुल्य नपाउँदा समस्यामा परेका छन् ।

अछामको साँफेबगर नगरपालिका नजिकै रहेको नबुढीगंगा नदी र छिपेखोलाको किनाराका गिट्टी कुट्दै आएका महिलाहरुले उचित ज्याला नपाएको गुनासो गरेका छन् ।

आफुले दिनरात नभनि गिट्टी कुटदै आएको तर गिट्टीले वजार नपउदा आफुहरुलाई जीविकोपार्जनमा समस्या भएको बताएका छन ।

गिट्टीले बजार नपाउँदा सस्तोमा वेच्न वाध्य भएको महिला मजदुरले गुनासो गरेका छन् ।

प्रति घनमिटरको १५ सय रुपैया मुल्य भएपनि उनिहरु आधा मूल्यमा जीविकोपार्जनको लागि गिट्टी विक्रि गर्न वाध्य भएका छन ।

मदजुर महिलाहरु श्रम अनुसारको गिट्टीको मुल्यको लागि पहल गरिदिन सरोकारवाल निकायसँग आग्रह गरेका छन् । गुजाराका लागि ज्यालादारी काममा महिलाको सहभागिता बढेको छ ।

बुढीगंगा नदी र छिपेखोलाको किनारमा गिट्टी कुटेर जीविकोपार्जन गर्दै आएका मजदुर महिलालाई गिट्टी कुटेर जीविकोपार्जनमा समस्या भएको छ ।

महिला अधिकारकर्मी पशुपति कुँवर मजदुर महिलाहरुले कुटेको गिट्टीको वजारको लागि पहल गर्ने बताउँछन् ।

साँफेबगर नगरपालिकाका नगर प्रमुख कुलबहादुर कुँवर मजदुर महिलाहरुवीच मूल्यको एकरुपताको लागि सम्झदारी कायम हुनुपर्ने धारणा व्यक्त गरे ।

मजदुर महिलाहरुलाई सिपमुलक कामसँगै उत्पादनको वजारिकरणको लागि नगरपालिकाले पहल गर्ने बताउँछन् ।

पुरुषभन्दा आधा मात्रै ज्याला पाउने प्रवृत्तिका कारण समस्या पाउँदै आएका महिलाहरु गिट्टीले समेत मूल्य नपाउँदा समस्या परेका छन ।

काम अनुसारको दाम नपाउँदा समस्यामा मात्रै परेका छैनन् जीविकोपार्जनमा समेत समस्या हुँदै आएको छ । त्यसकारण यसतर्फ सरोकारवालको ध्यान जान आवश्यक देखिन्छ ।