
महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालको नेतृत्वमा आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी ग्यास डिलरले हाल पाउँदै आएको रु ३२ को कमिसनलाई ६७ पुर्याउनुपर्ने माग गरेको हो ।
ग्यासमा लगाउँदै आइएको मूल्यअभिवृद्धि कर (भ्याट) व्यवसायीले फिर्ता पाउने भएकाले त्यसलाई खारेज गरेर उपभोक्तालाई राहत दिनुपर्ने माग गरको अध्यक्ष अर्यालले जानकारी दिए । सरकारले ग्यासमा १३ प्रतिशत भ्याट लगाउँदै आएको छ ।
उनले विराटनगर तथा वीरगञ्जमा ग्यासको मूल्य उपत्यकाको भन्दा रु ५० कमी हुनुपर्ने माग गरेको बताए ।
काठमाडौँमा ढुवानीमा बढी खर्च लाग्ने भएकाले सोही बराबरको मूल्य सीमा क्षेत्रका शहरमा हुन नहुने महासंघको तर्क छ ।
उक्त मागका बारेमा प्रधानमन्त्री देउवाले सम्बन्धित निकायसँग छलफल गरेर निर्णय लिने बताएको अर्यालले जानकारी दिए । (रासस)
प्रतिक्रिया दिनुहोस्