२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच एकता प्रक्रियालाई गति दिने समझदारी


0
Shares

आइतबार एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच कार्यदलको गृहकार्यपछि एकतालाई अन्तिम रूप दिने समझदारी भएको हो ।

ओलीनिवास बालकोटमा दुई नेताबीच एक सातापछि डेढ घन्टा छलफल भएको छ । पछिल्लोपटक ओली र दाहालबीच १६ पुसमा दाहालनिवास खुमलटारमा पार्टी एकताबारे छलफल भएको थियो ।

नयाँ सरकारको नीति तथा कार्यक्रम तय गर्ने विषयमा पनि एकता संयोजन समितिमा छलफल गर्ने दुई नेताको समझदारी छ ।

सैद्धान्तिक–वैचारिक र सांगठनिक एकीकरण कार्यदल

पार्टी एकतालाई अन्तिम रूप दिन सैद्धान्तिक–वैचारिक र सांगठनिक एकता संयुक्त कार्यदल बनाउने समझदारी भएको माओवादी केन्द्रका अध्यक्ष दाहालले जानकारी दिए ।

दुवै कार्यदलमध्ये एउटाले एकीकृत पार्टीका लागि सैद्धान्तिक–वैचारिक खाका तयार पार्नेछ भने अर्कोले केन्द्रदेखि तल्लो तहसम्मका दुवै पार्टी कमिटीको समायोजन र भ्रातृसंगठनहरूको समायोजनको मोडालिटी बनाउनेछ । –नयाँ पत्रिका दैनिकबाट