Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


काठमाडौं इपीएलको प्लेअफनजिक, लगातार चार हारपछि पोखरा बाहिरियो


0
Shares

काठमाडौं, मंसिर २८ । काठमाडौं किंग्स ११ राजधानीमा जारी एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेटको प्लेअफनजिक पुगेको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको लिगको आफ्नो तेस्रो खेलमा पोखरा राइनोजलाई ५ विकेटले पराजित गर्दैै काठमाडौं प्लेअफनजिक पुगेको हो ।

१६६ रनको चुनौती काठमाडौंले चार बल खेल्न बाँकी छँदै ५ विकेटको क्षतिमा पूरा गरेको हो ।

काठमाडौंलाई जिताउन केभिन ओ’ब्राइनले ३५ बलमा ५४ तथा कप्तान रोहन मुस्तफाले ३१ बलमा ४० रन जोडे । विक्रम सोबले २ विकेट लिए ।

यसअघि, पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ६ विकेटको क्षतिमा १६५ रन बनाएको थियो ।

रिचर्ड लेभीले २१ बलमा सर्वाधिक ३८ रन बनाएको इनिङ्समा विक्रम भुसाल र अलराउन्डर ओ’ब्राइनले समान २/२ विकेट लिए ।

चितवनको पहिलो जित

प्रतियोगितामा चितवन टाइगर्सले पहिलो जित दर्ता गरेको छ ।

लगातार तीन हारपछि चितवनले शुक्रबार भएको पहिलो खेलमा विराटनगर वारियर्सलाई ५ रनले हराएको हो ।

चितवनले दिएको १९७ रनको चुनौती पछ्याएको विराटनगरले २० ओभरमा ८ विकेटको क्षतिमा १९१ रनमात्रै बनाउन सक्यो । बाबर हयातले ९० रन बनाएपनि टोलीलाई जिताउन सकेनन् ।

यसअघि, पहिले ब्याटिङ गरेको चितवनले जोन सिम्पसनको ७८ रनको मद्दतले २० ओभरमा ४ विकेटको क्षतिमा १९६ रन बनाएको थियो ।

विराटनगर र काठमाडौंको समान ४/४ अंक

लिगमा प्लेअफ चरणमा पुगिसकेका ललितपुर पेट्रियाट्स र भैरहवा ग्लाडिएटर्सको समान ६/६ अंक छ भने विराटनगर र काठमाडौंको समान ४/४ अंक भएको छ ।

चितवन टाइगर्सले २ अंकबाट प्लेअफको सम्भावनालाई जीवितै राखेको छ ।

लगातार चार हारसहित पोखरा प्लेअफ चरण पुग्ने समीकरणबाट बाहिरिने पहिलो टिम बनेको छ ।