
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले अबको एक/दुई दिनभित्रै निर्वाचनको कार्यक्रम र कार्यतालिका सार्वजनिक गर्नेगरी आयोगले तयारी गरिरहेको जानकारी दिए ।
उनले मतदाता नामावली संकलन, मतपत्रको ढाँचा, कर्मचारी व्यवस्थापनलगायतका निर्वाचन सन्चालन र व्यवस्थापनका काम भइरहेको जानकारी दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश जारी गरेलगत्तै निर्वाचन आयोग राष्ट्रियसभा निर्वाचनको तयारीमा केन्द्रित रहेको हो ।
सरकारले आगामी माघ २४ गतेका लागि राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्