
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर तोलाको ५६ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य सोमबार तोलाको ५६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार चाँदीको भाउ भने तोलाको ७५० रुपैयाँमा स्थीर रहेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रतिऔंस १३ सय १६ डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्