व्यवसायी सीएन पाण्डे र दीपेन्द्रकुमार घिमिरेले समूह बनाएरै उम्मेदवारी घोषणा गरेका छन् ।
घिमिरेले पत्रकार सम्मेलन गरी आफ्नो टिमसहित घोषणापत्र सार्वजनिक गरेका छन् ।
पर्यटन विभागले खारेज गरेका सम्पूर्ण इजाजत पत्रहरुलाई नवीकरण गर्न पहल गर्ने अध्यक्षका प्रत्यासी घिमिरेले बताए ।
पर्यटक सवारी–साधनसँग सम्बन्धित समस्या पर्यटक सवारी व्यवसायीहरुसँग समन्वय गरी समाधान गर्ने प्रतिबद्धता घिमिरेले जनाए ।
आन्तरिक र बाह्य पयर्टन प्याकेजहरुमा लाग्ने करमा सहुलियतका लागि सरकारसँग समन्वय गरी काम गर्ने उनको भनाइ छ ।
यसअघि, पाण्डेले पनि आफ्नो समूहसहित घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।









प्रतिक्रिया दिनुहोस्