
उतार–चढावबीच बजार परिसूचक नेप्से १५ अंकले झरेर १४ सय ४० मा आएर थामियो । कारोबार पनि खुम्चियो ।
कारोबार भएका सबै समूहमा गिरावट आयो । बिमा समूहमा सबैभन्दा उच्च १ सय ७० अंक बराबरको गिरावट आयो ।
उत्पादनमूलक समूह २७ अंकले ओरालो लाग्यो । लघुवित्त, होटल, विकास बैंक र वाणिज्य बैंक समूहमा पनि दोहोरो अंकको कमी आयो । अरु समूह सामान्य अंकले ऋणात्मक रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १५७ कम्पनीका १५ लाख ७४ हजार कित्ता सेयर ३७ करोड ४९ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्