
जिल्लाको हिमाली गाउँपालिका काँडा, मेलविसौना, रिलु, मष्टा, कैलाश, गडराय, दहबगर, सैनपसेलालगायतका ठाउँका कृषकहरु बेसी झरेका हुन् ।
हिमाली क्षेत्रमा अत्याधिक चिसो बढेका कारण बस्न नसकिने स्थिति भएपछि बेसी झर्नुपरेको भेडा व्यवसायीहरुको भनाइ छ ।
भेडाको चरन क्षेत्रमा अहिले बाक्लो हिमपात भएको छ । बेसीमा अहिले भेडालाई चरन क्षेत्र अभाव भएको उनीहरुको गुनासो छ ।
बेसी झर्नेक्रममा आफूहरु धेरै ठाउँमा लुटिएपनि सरोकारवाला निकायले चासो नदेखाएको गुनासो उनीहरुको छ ।
प्रतिक्रिया दिनुहोस्