
राजधानीमा नेपाल चेम्बर अफ कमर्सको चेम्बर दिवस तथा ६७औं साधारण सभामा उपराष्ट्रपति पुनले सहकारी, सार्वजनिक र नीजि गरी तीन खम्बाको सहभागिताले आर्थिक समृद्धि हासिल हुने बताएका हुन् ।
तीन खम्बे सहकार्यले कृषि, पर्यटन, उद्योग, जलविद्युत जस्ता क्षेत्रको विकास भई आर्थिक समृद्धि हासिल हुने उनको भनाई छ । व्यापार घाटामा कमी ल्याउन नीजि क्षेत्रलाई निर्यातमूखी बन्न उनले आग्रह गरे ।
चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले नीजि क्षेत्रलाई पनि पेट्रोलियम पदार्थको कारोबारमा समावेश गराउनुपर्ने माग राखेका छन् ।
विश्व व्यापार संगठन सदस्य भएर पनि मापदण्ड अनुसार भन्सार दरबन्दी नभएकोमा चेम्बरले आपत्ति जनाएको छ ।
चेम्बरले वनवारी लाल मेमोरियल अवार्ड सुगतरत्न कंसाकारलाई, ईन्द्र भक्त मेमोरियल अवार्ड शिव कुमार अग्रवाललाई र लाइफ टाइम एचीभमेन्ट अवार्ड गणेश भक्त साखःलाई प्रदान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्