२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


‘कृषि क्षेत्रलाई यान्त्रीकरण गर्न कृषकलाई अनुदान दिइन्छ’


0
Shares

काठमाडौं, असार १४ । कृषि मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले ‘धान उत्पादनमा वृद्धि राष्ट्रको समृद्धि’ भन्ने नाराका साथ शुक्रबार १५औं धान दिवस मनाइने बताएका छन् ।

बिहीबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले आगामी पाँच वर्षमा धान उत्पादनलाई दोब्बर बनाउने भन्दै कृषि क्षेत्रलाई यान्त्रीकरण गर्न कृषकलाई अनुदान दिइने बताए ।

कार्यक्रममा धानबाली विशेषज्ञ भोलामान सिंह बस्नेतले प्रविधिमा आधारित खेतीमा जोड दिनुपर्नेमा जोड दिए ।

हरेक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस मनाउने गरिन्छ ।