
तरुलको व्यावसायिक खेती हुने सर्लाहीको पश्चिमी भेगमा पर्ने कर्मैया, शंकरपुर, राजघाट, बरहथवालगायत स्थानका किसानलाई तरुल खनेर बेच्ने चटारो परेको हो ।
सो क्षेत्रका किसान तरुल खनेर खेतमै व्यापारीलाई बिक्री गर्न व्यस्त छन् । माघे संक्रान्तिका लागि तरुलको व्यापार निकै बढेको व्यापारीले बताएका छन् ।
सर्लाहीका किसानले उत्पादन गरेको तरुल प्रतिकिलो २५ रुपैयाँमा बिक्री भइरहेको छ । सर्लाहीमा २ सय विगाहभन्दा बढी क्षेत्रफलमा तरुल खेती हुने गरेको छ । प्रतिविगाह १० मेट्रिक टनसम्म तरुल फल्ने गरेको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्