
विभिन्न समुदायले आ–आफ्नै तरिकाले यो पर्व मनाउने गर्दछन् । माघे संक्रान्तिका दिन स्वास्थ्यका दृष्टिले शक्तिवद्र्धक मानिने तरुल, चाकु, सखरखण्ड र खिचडी खाने चलन छ ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यस पर्वलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ ।
ज्योतिषशास्त्र अनुसार सूर्यले धनु राशीबाट मकर राशीमा सङ्क्रमण गरेको यही दिन सूर्यको उदयविन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरू हुन्छ भन्ने मान्यता पनि रहेको छ ।
उत्तरायणको अवधिमा तुलनात्मक रूपमा दिन लामो हुने र तापक्रममा वृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने गर्दछ ।
माघे संक्रान्तिको दिन नदीका दोभानमा गई शुद्ध भई सिदा दान गर्नाले पुण्य प्राप्त भई रोगब्याधिबाट मुक्त भइने जनविश्वास पनि छ ।
माघेसङ्क्रान्तिलाई बिभिन्न जनजातीले फरक फरक तरिकाले मनाउने चलन छ । थारु समुदायले यस पर्वलाई नयाँ वर्ष प्रारम्भ भएको दिनका रुपमा मनाउने गर्छन् ।
दाङ् बाँके, बर्दिया, कैलालीका थारु समुदायहरुले यस दिनलाई माघी पर्वका रुपमा धुमधामका साथ मनाउने गर्दछन् । मगर समुदायले पनि यसलाई राष्ट्रिय पर्वको रुपमा मनाउदै आएका छन् ।
माघे संक्रान्तिको दिन घिउ, चाकु, तरुल, सखरखण्डा, तिलको लड्डु , फुलौरा, खिचडीलगायतका परिकार खाने गरिन्छ । परिवारका सदस्यहरु भेला भई मिठा मिठा परिकारहरु खाई माघे संक्रान्ति पर्व मनाउने चलन छ ।
पुष महिनाको अन्तिम दिन पकाएर माघमा खाने चलन भएकाले पुषमा पाक्य माघमा खाक्य समेत भन्ने गरिन्छ । यो दिन राजधानीका मुख्य व्यापारिक केन्द्रहरुमा त्यस्ता सामान किन्नेहरुको भीड लाग्ने गर्दछ ।
माघे संक्रान्तिका दिन खाइने कन्दमुल, घिउ , चाकु र तिलको लड्डु स्वास्थ्यका हिसावले पनि फाइदाजनक रहेको चिकित्सकहरु बताउछन् ।
कार्वोहाईडेट, फाइवर, मिनरल र प्रोटिनको मात्र प्रसस्त रुपमा पाईने हुदा यसले शरीरलाई निकै फाईदा पु¥याउने डा. केदार सेन्चुरी बताउँछन् ।
परम्परादेखि चलिआएको प्रचलनलाई कायम राखेर माघे संक्रान्ति पर्व मनाउने सर्वसाधारणहरु बताउँछन् । चिसो मैसममा कन्दमुल, घिउ चाकु खादा राम्रो हुने भएकोले खाने गरेको उनीहरु बताउँछन् ।
माघे संक्रान्तिको दिन तनहँु देवघाटमा समेत भिडभाड हुने गर्छ । नेपाली समाजमा विशेष महत्व राख्ने माघे संक्रान्तिको मौलिक संस्कार कायम राख्दै मनाउनु उपयुक्त हुने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्