२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


राष्ट्रियसभा सदस्य निर्वाचन खर्चको सीमा तोकियो, कुन शिर्षकमा कति खर्च ?


0
Shares

आयोगको आजको बैठकले निर्वाचन खर्चको अधिकतम हद रु तीन लाख ५० हजार तोक्ने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

उम्मेदवारले मतदाता नामावली पुस्तिका खरिदमा एक हजार, सवारीसाधनमा रु ७० हजार, सवारी इन्धन (घोडा प्रयोग गरिएकोमा दाना समेत) रु १० हजार, प्रचार प्रसार सामग्री रु १४ हजार ५००, ढुवानी रु १० हजार, गोष्ठी÷अन्तरक्रियामा रु एक लाख, अन्य प्रचार–प्रसार, छापा एवं विद्युतीय माध्यममा रु १४ हजार ५००, कार्यालय सञ्चालन रु ७० हजार, प्रतिनिधि परिचालनमा ३० हजार र विविध शीर्षकमा ३० हजार खर्च गर्न पाउने गरी आयोगले खर्चको अधिकतम सीमा तोकेको छ ।

यसैगरी, आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि ‘अल्पसंख्यक समुदाय’को विवरण तोकी अविलम्ब नेपाल राजपत्रमा सूचना प्रकाशनसमेत गराउने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको छ ।

आयोगको आजैको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्ने पदाधिकारीको आधिकारिक दस्तखत नमुना माघ ३ गतेसम्ममा पठाउन राजनीतिक दलहरुलाई सूचित गर्ने निर्णय गरेको प्रवक्ता ढकालले जानकारी दिए ।