
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलाको ५७ हजार २०० रुपैयाँमा नै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य मंगलबार तोलामा २०० रुपैयाँले उकालो लागेर तोलाको ५७ हजार २०० मा कारोबार भएको थियो ।
चाँदीको भाउमा भने बुधबार तोलामा ५ रुपैयाँले कमी आएर तोलाको ७६० मा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंस १३ सय ३५ डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्