२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


राष्ट्रिय सभा निर्वाचन गराउन निर्वाचन अधिकृतहरुलाई प्रशिक्षण


0
Shares

आयोगले आज गरेको राष्ट्रिय सभा सदस्य निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रशिक्षण कार्यक्रममा उनले उच्च अदालत भएको ठाउँलाई मापदण्ड बनाएर निर्वाचन केन्द्र घोषणा गरिने बताए ।

राष्ट्रिय सभा निर्वाचनसंगै संघीय संसद्ले पूर्णता पाउने उनको भनाई थियो । यादवले राष्ट्रिय सभा निर्वाचनको लागि चाँडै नोमिनेशन गरिने भन्दै सातवटै प्रदेशमा प्रशिक्षण कार्यक्रम राखिने जानकारी दिए ।

यादवले एकल संक्रमणिय प्रणालीको मतगणना केही जटिल हुने भएकाले दलहरुका प्रतिनिधिलाई गणितीय अभ्यास गराइने बताए ।

राष्ट्रिय सभा निर्वाचन प्रभावित नहोस भनेर निर्वाचन आयोग सचेत रहेको पनि उनको भनाई थियो ।

प्रशिक्षणमा सातवटै प्रदेशका निर्वाचन अधिकारी र सहायक निर्वाचन अधिकृतको सहभागिता छ ।