
कांग्रेसकै सभापति प्रधानमन्त्री भएकाबेला दिपायल अस्थायी राजधानी नबनाएको आक्रोशमा कालोझन्डा राखेको आन्दोलनकारीहरुले जनाएका छन् ।
यस्तै, बिहीबारै सो कार्यालय परिसरमै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र देउवा पत्नी आरजु राणा देउवाको पुत्ला बनाएर बजार परिक्रमा गर्दै दहन गरिएको छ ।
यसअघि, बुधबार कांग्रेस डोटीको जिल्ला कार्यसमिति सदस्यहरुले सामूहिकरुपमा पार्टीको सदस्यता त्यागेका घोषणा गरेका थिए ।
यस्तै, जिल्लाका विभिन्न ठाउँमा जारी आन्दोलन तथा प्रदर्शनहरुमा देउवा दम्पतीको पुत्लादहन भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्