२६ जेष्ठ २०८२, सोमबार | Tue Jun 10 2025


पेट्रोलियमबाट बूढीगण्डकीलाई मासिक ७० देखि ८० करोड


0
Shares

बूढीगण्डकी आयोजना बनाउन भन्दै सरकारले २०७२/०७३ बाट इन्धनमा कर लगाएको थियो । त्यसयता १५ अर्ब १२ करोड रुपैयाँ संकलन भएको आयल निगमले जनाएको छ ।

निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा १ अर्ब १६ करोड, २०७३/०७४ मा ९ अर्ब ४३ करोड रुपैयाँ संकलन भएको थियो । २०७४/०७५ को पुस १५ सम्ममा ४ अर्ब ५३ करोड रुपैयाँ संकलन भएको उनले बताए ।

हाल आयात गरिएको इन्धनमा भन्सार बिन्दुमै पूर्वाधार कर (बूढीगण्डकी जलविद्युत आयोजनाका लागि) लाग्छ । सोही अनुसार उक्त रकम सरकारी ढुकुटीमा संकलन भएको निगमले जनाएको छ । –कान्तिपुर दैनिकबाट