
सरकारले यही माघ २४ गते बुधबारका दिन राष्ट्रियसभाको निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोकिएको व्यहोरा सबै सरोकारवालालाई स्मरण गराउँदै आयोगले सबै सरोकारवालासँग त्यस्तो अपिल गरेको हो ।
निर्वाचन आयोगमा प्रवक्ता एवं सहसचिव नवराज ढकालले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी सरकारले सातओटा प्रदेशमा तत्काल कार्यसन्चालनका लागि प्रदेशप्रमुखको कार्यसन्चालन मुकाम तोकेपछि देशका कतिपय जिल्लामा राष्ट्रिय सभासदस्यको निर्वाचन कार्यक्रमलाई अगाडि बढाउन असर पर्ने किसिमको वातावरण देखिएकाले आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
उनले यही माघ ७ गते सातओटै प्रदेशमा मतदाता नामावली प्रकाशन गर्ने तथा माघ १० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेसमेत कार्यक्रम रहेको हुँदा विशेषगरी दाङ र डोटीमा असहज वातावरण देखिएकोप्रति ध्यानाकर्षण गराएका हुन् ।
प्रवक्ता ढकालले नेपाल सरकार, राजनीतिक दल, प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरू, प्रदेशसभाका सदस्यहरू, आमसन्चारकर्मी, नागरिक समुदायलाई अपिल गरेका हुन् । रासस
प्रतिक्रिया दिनुहोस्