Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


पुनर्निर्माणमा आर्थिक अभावः एउटै गजुरलाई १६ तोला सुन चाहिने


0
Shares

भूकम्पले क्षतिग्रस्त बनाएका ती सम्पदाको मौलिकता कायम गर्न सुनको जलप लगाउनुपर्ने भए पनि सरकारले बजेट नछुट्याएका कारण कठिनाइ भएको हो ।

पाटन दरबार स्क्वायरमा २३ बर्षदेखि मूर्ति तथा गजुर निर्माणको काम गर्दै आएका बाबुरत्न महर्जनले कतिपय मूर्ति र गजुर बनाउन नमिल्ने गरी विग्रिएको बताए ।

यस्ता विग्रिएका सामान पुनर्निर्माणमा धेरै खर्च लाग्ने उनीहरुको भनाइ छ ।

‘भूकम्पले भत्किएका मन्दिरको एउटै गजुर बनाउन १६ तोला सुन चाहिन्छ’, बाबुरत्नले भने,‘त्यो पनि एक नम्बरी ।’

बाबुरत्नले हाल दरबार स्क्वायर परिसरभित्र पर्ने गंगायमुना, गोल्डेन गेट, यान्दाजु, योगनरेन्द्रको मन्दिर निर्माण गरेर सुन भर्ने काम सकिएको बताए ।

उनले तामाको पाताबाट बनाइएको मन्दिरका मूर्ति र गजुर बनाउन नमिल्ने गरी विग्रिएको बताए । –अन्नपूर्णपोष्ट दैनिकबाट