१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


समलिंगी विवाहलाई कानुनी मान्यता दिन माग, यस्ता छन् समलिंगीका गुनासा


0
Shares

११ बर्षदेखि समलिंगी सम्वन्धमा रहेका सुमन चेपाङले समलिंगी विवाहलाई कानुनी मान्यता नदिदाँ कानुनी रुपमै विवाह गरेर बस्न नपाएको बताउदै मान्यता दिन आग्रह गरे ।

नील हिरा समाजले भैरहवामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका विषयमा संचारकर्मीसँग गरेको अन्तरक्रियामा उनीहरुले यस्तो गुनासो गरेका हुन ।

चेपाङले आफूलाई घरमा सबैले स्वीकारेको बताउँदै समलिंगी विवाह गरेर धर्मसन्तान राख्न पाउनेसम्मको कानुन बनाउन राज्यलाई दवाव दिनु पर्ने बताए । सुमन ११ बर्षदेखि बिष्णु माया चेपाङसँग समलिंगी सम्वबन्धमा छन ।

१२ बर्षदेखि समलिंगी सम्वबन्धमा रहेका विनोद विसीले पोखराबाट आफूसँग भागेर आएकी महिलाको परिवारले आफ्नो परिवारलाई नै मानवबेचखिन विरुद्धको मुद्धा हालेको बताइन ।

विसीले कानुन नबन्दा धेरै हण्डर खेप्नु परेको बताए । विनोद अहिले गुल्मीकी पूजा थापासँगको समलिंगी सम्बन्धमा छन् ।

सुसरालीमा आउ जाउ भइरहेको बताउँदै विसीले अहिले धेरै राम्रो भइरहेको सुनाए। तर, कानुन नबन्दा समलिंगी विवाह गरेर धर्मसन्तान राख्न नपाएको विसीको भनाई छ ।

तेस्रोलिंगी शाहबुद्धिन खाँले सानै उमेर विवाह भएकाले अहिले लुकीछिपी महिला व्यवहार देखाउने गरेको बताए ।

अर्काकी छोरीको भविष्य हेरेर परिवारमा खुल्न नसकेको उनको भनाई थियो। रुपन्देहीमा ५ हजार यौनिक तथा लैंगिक अल्पसंख्यक नील हिरा समाजको सम्पर्कमा आएका छन् ।

नील हिरा समाजले भैरहवामा पत्रकारसँग गरेको अन्तरक्रियामा समाजको शाखा कार्यालय भैरहवाकी कार्यक्रम संयोजक मनिला न्यौपानले अहिलेसम्म ५ हजार यौनिक तथा लैंगिक अल्पसंख्यक सम्पर्कमा आएको जानकारी दिएकी हुन् ।

रोजीरोटीको समस्याका कारण रुपन्देहीमा खुल्नेको संख्या धेरै भएपनि धेरै विदेश जाने गरेको बताइन ।

मेधशी समुदायमा सानै उमेरमा विवाह गरिदिदाँ झन समस्या आउने गरेको न्यौपानेको भनाई छ ।

तेस्रोलिंगी अधिकारकर्मी आनिक रानाले पहिचान अनुसारको नागरिकता मात्रै दिएर अरु अधिकारबाट आफ्नो समुदायलाई राज्यले बञ्चित गराएको बताइन ।

उनले विरामी भएर उपचार गराउन अस्पताल जादाँ समेत विभेदमा परेको बताइन ।

नेपाल रोल मोडमा फष्ट रनरअपको उपाधी पाएकी अवान्तिका घर्तीले समाजको हेर्ने दृष्टिकोणमा विस्तारै परिवर्तन आउन थालेको उनको भनाइ छ ।