
बारपाक, लाप्राक, चुमनुब्री, धार्चे, गुप्सीपाखालगायतका गाउँमा हिमपात भएको छ । हिमपातका कारण भूकम्पप्रभावितको जनजीवन कस्टकर भएको छ । यी गाउँमा एक फिटसम्म हिउँ जमेको छ ।
टहरोमा बसेका बासिन्दा हिमपातपछि चिसो बढ्ने चिन्तामा छन् भने खेती राम्रो हुने भन्दै केही किसान खुसी छन् । टहरोभित्र आगो तापेर भूकम्पप्रभावितहरु बसेका छन् ।
हिमपातपछि बारपाक–लाप्राक कच्चीसडक अवरुद्ध भएको छ ।
रसुवामा हिमापत
रसुवाका उच्च हिमाली भागमा हिमपात सुरु भएको छ । यस क्षेत्रका गोसाइँकुन्ड, लाङटाङ, नाकथलीलगायतका स्थानमा हिमपात भइरहको छ ।
हुम्लामा हिमपात
हुम्लामा पनि मंगलबार रातिदेखि परेको वर्षासँगै जिल्लाका उत्तरी भेगका अधिकांश गाउँमा बाक्लो हिमपात भएको छ ।
सिमकोट विमानस्थलमा हिमपात भएपछि हवाई सेवा बन्द भएको छ । हिमपातसँगै चिसो अत्यधिक बढेको छ ।
प्रतिक्रिया दिनुहोस्