Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


विश्वकप हक्की च्याम्पियनसिपमा जर्मनी र नेदरल्याण्ड्स विजयी


0
Shares

काठमाडौं । विश्वकप हक्कीअन्तर्गत गएराति भएका खेलमा जर्मनी र नेदरल्याण्ड्स विजयी भएका छन् ।

भारतको ओडिसामा जारी प्रतियोगिता अन्तर्गत समुह ‘डि’ का अन्तिम खेलमा जर्मनीले मलेसियालाई ५–३ ले हराउँदा नेदरल्याण्ड्सले पाकिस्तानमाथि ५–१ को जित निकाल्यो ।

गएरातिका खेलपछि हक्की विश्वकपमा समुह चरणका सबै खेल सकिएका छन् ।

चारवटा समूहबाट विजेता भन्दै जर्मनीसँगै अर्जेन्टिना, अष्ट्रेलिया र भारत क्वाटरफाइनलमा पुगेका छन् ।

क्वाटरफाइनलमा पुग्ने बाँकी चार टोलीको टुंगो भने प्ले अफ्पछि लाग्नेछ ।

प्ले अफ्मा इङ्ल्यान्ड र न्यूजिल्याण्ड, फ्रान्स र चीन, बेल्जियम र पाकिस्तान तथा नेदरल्याण्ड्स र क्यानडा भिड्नेछन् ।