काठमाडौं । उपाधि दावेदार रियाल मड्रिड स्पेनिस ला–लिगा फुटबलको चौथो स्थानमा उक्लिएको छ ।
गएराति भएको खेलमा रियाल मड्रिडले एस.डी हुएस्कालाई १–० ले हरायो ।
हुएस्काको मैदानमा भएको खेलमा रियाल मड्रिडलाई महत्वपूर्ण जित दिलाउन ग्यारेथ बेलले निर्णायक गोल गरे ।
यो जितसँगै रियाल मड्रिड ला लिगाको अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । रियालले १५ खेलबाट २६ अंक जोडेको छ ।
समान खेलबाट ३१ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा रहँदा २८–२८ अंक जोडेका सेभिया र एथ्लेटिको मड्रिड क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् ।








प्रतिक्रिया दिनुहोस्