काठमाडौं । आयोजक भारत र बेल्जियम विश्वकप हक्की च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
भारतको ओडिसामा जारी प्रतियोगिताअन्तर्गत समुह सी को अन्तिम खेलमा भारतले क्यानडालाई ५–१ ले हरायो ।
गएराति भएको यही समूहको अर्को खेलमा बेल्जियमले दक्षिण अफ्रिकामाथि ५–१ के जित निकाल्यो ।
समूहका सबै तीन खेल सकिँदा भारतको ७ अंक भएको छ । समान ७ अंक जोडेको बेल्जियम गोलअन्तरका आधारमा दोस्रो स्थानमा रहँदै क्वाटरफाइनलमा लागि छनोट भयो । क्यानडा र दक्षिण अफ्रिकाले भने १–१ अंक जोडेका छन् ।
हक्की विश्वकपमा समुह चरणका खेल आज सकिँदैछन् । समुह ‘डी’ का अन्तिम खेलमा आज मलेसिया र जर्मनी भिड्दा पाकिस्तानले नेदरल्याण्ड्ससँग खेल्नेछ ।
क्वाटरफाइनलमा प्रवेश गर्न पाकिस्तानले आज नेदरल्यान्ड्सलाई हराउनैपर्ने बाध्यता छ ।








प्रतिक्रिया दिनुहोस्