Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


मेस्सी, ओस्मान र सुवारेजको गोलले बार्सिलोना विजयी


0
Shares

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले इस्पानियोललाई ४–० ले हराएको छ ।

गएराति इस्पानियोलको मैदानमा भएको बार्सिलोना डर्बीमा बार्सालाई विजयी गराउन लियोनल मेस्सीले दुई गोल गर्दा ओस्मान डेम्बेले र लुईस सुवारेजले एक–एक गोल थपे ।

जितपछि बार्सिलोनाले स्पेनिस लिगको अंक तालिकामा दोस्रो स्थानको सेभियासँग ३ अंकको अग्रता लिएको छ । बार्साको १५ खेलबाट ३१ अंक छ भने समान खेलबाट सेभियाको २८ अंक छ ।

सेभियाले गएराति भएको खेलमा भ्यालेन्सियासँग १–१ गोलको बराबरी खेलेको छ ।

यसैगरी एथ्लेटिको मड्रिडले डेपोर्टिभो आलाभेजलाई ३–० ले हराउँदा सेल्टा भिगोले भियारियाललाई ३–२ ले हराएको छ ।

ला लिगा फुटबलमा आज रियाल मड्रिडले हुएस्कासँग खेल्नेछ ।