Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


कांग्रेस नेताले किन लगाए जुत्तामा पालिस ?


0
Shares

कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठानले सहिद दिवसको अवसर पारेर मंगलबार नयाँबानेश्वरमा आयोजना गरेको कार्यक्रममा नेताहरुले जुत्तामा पालिस लगाएर उक्त अभियान प्राराम्भ गरेका हुन् ।

सो कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, धनराज गुरुङ, विनोद भट्टराईलगायतले बाटो हिँड्ने (बटुवा)को जुत्तामा पालिस लगाएका थिए ।

कांग्रेस नेता भण्डारीले विभिन्न देशमा चिया बेच्ने व्यक्ति प्रधानमन्त्री भएको वर्तमान अवस्थामा नेपालमा श्रमको सम्मान नभएको भन्दै कृष्णप्रसाद भट्टराईको त्याग र आदर्शलाई पछ्याउन उक्त अभियान थालिएको जानकारी दिए ।

सहिद दिवसका अवसरमा नेविसंघको रक्तदान
नेपाल विद्यार्थी संघले सहिद दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ ।

मंगलबार विश्वभाषा क्याम्पसमा आयोजित उक्त कार्यक्रममा ५० जनाले रक्तदान गरेका थिए ।

उक्त कार्यक्रम शुभारम्भ गर्दै नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले सहिदको सम्झनामा नेविसंघले रक्तदान गरेर राम्रो कार्यको थालनी गरेको भन्दै मुलुकको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका सहिदको सम्मान गरिएकामा प्रशंसा पनि गरे ।

६५ वर्षका व्यक्तिलाई वृद्धभत्ता दिने सरकारको निर्णयको आलोचना भइरहेका बेला उनले वार्षिक रु २० अर्ब खर्च हुने ठाउँमा रु ३३ अर्ब खर्च भएपनि आमनागरिकले राहत पाउने विश्वास व्यक्त गरे । रासस