Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


रियाल मड्रिड स्पेनिस किङ्स कपको प्रिक्वाटरफाइनलमा प्रवेश


0
Shares

काठमाडौं । दोस्रो डिभिजनको मिलिला फुटबल क्लबलाई पाखा लगाउँदै रियाल मड्रिड स्पेनिस किङ्स कप अर्थात कोपा डेल रे फुटबल प्रतियोगिताको प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको दोस्रो लेगको खेलमा ६–१ को जित निकाल्दै रियाल मड्रिड अन्तिम १६ मा पुगेको हो ।

यसअघि पहिलो लेगमा ४–० को जित निकालेको रियाल मड्रिडले समग्रमा १०–१ गोल अन्तरको फराकिलो जित हात पारेको हो ।

गएराति भएको एकतर्फी खेलमा रियालका लागि मार्को एसेन्सियो र इस्कोले २–२ गोल गरे ।

यसैगरी, हाभियर सान्चेज र भिनिसियस जुनियरले एक एक गोल थपे ।

कोपा डेल रे फुटबल प्रतियोगिताका अन्य खेलमा विजयी हुँदै स्पोर्टिङ गियोन, लेभान्ते, एथ्लेटिक बिल्बाओ र रियाल बेटिस पनि प्रि क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।