२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


राष्ट्रियसभा सदस्यबाट यस्तो छ मतदाताको अपेक्षा (भिडियो)


0
Shares

प्रदेशसभाका ११० सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी २३८ जनाले प्रदेश नम्बर–३ बाट ८ जनालाई निर्वाचित गर्न मतदान गरेका हुन् ।

प्रदेश नम्बर–३ मा ८ जनाका लागि विभिन्न दलका १६ जनाले उम्मेदवारी दिएका छन् ।

एकल संक्रमणीय र बहुमतीय प्रणालीबाट भएको राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १८ र प्रदेशसभा सदस्यको ४८ मतभार कायम गरिएको छ । यसरी हेर्दा प्रदेश नम्बर–३ मा स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार ४ हजार २८४ रहेको छ भने प्रदेशसभा सदस्यको मतभार ५ हजार २८० रहेको छ ।

यही मतभारका आधारमा प्रदेश नम्बर–३ बाट ३ महिला, १ दलित, १ अल्पसंख्यक तथा अपांगता भएका व्यक्ति र अन्य ३ गरी ८ राष्ट्रियसभा सदस्य निर्वाचित हुनेछन् ।

निर्वाचन आयोगले एकल संक्रमणीय प्रणालीअनुसार भएको मतदानको गणना गर्न प्राविधिकरुपले केही जटिल भएपनि बिहीबार साँझसम्म सबै परिणाम आउने जनाएको छ ।

एकल संक्रमणीय प्रणालीअनुसार भएको राष्ट्रियसभा निर्वाचनलाई ‘टेबल चुनाव’ पनि भनिन्छ ।

मतदाताहरु निर्वाचन आयोगले मतदानका लागि तोकेको समय बिहान १० बजेदेखि नै मतदान केन्द्रमा पुगेका थिए ।

मतदाताहरुले राष्ट्रियसभा निर्वाचनको मतदान प्रक्रिया यसअघि सम्पन्न निर्वाचनको मतदान प्रक्रियाभन्दा फरक रहेको बताए ।

राष्ट्रियसभालाई प्रदेशसभा र स्थानीय तहको अनुगमन गर्ने निकायकोरुपमा पनि लिइएको छ ।

राष्ट्रियसभा निर्वाचनका मतदाताहरुले निर्वाचित हुने राष्ट्रियसभा सदस्यहरुबाट प्रदेश र स्थानीय तह सन्चालनका लागि आवश्यक प्रभावकारी ऐन–नियमको अपेक्षा गरेका छन् ।

मतदाताहरुले राष्ट्रियसभा प्रभावकारी बनाउन पुरानो कार्यशैली परिर्वतन हुनुपर्नेमा पनि जोड दिएका छन् ।

मुलुकको राजधानीसमेत रहेको प्रदेश नम्बर–३ को राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ललितपुर महानगरपालिकाको जावलाखेल फुटबल मैदानमा मतदान भएको थियो ।

निर्वाचन आयोगले दिउँसो ३ बजेसम्म मतदानको समय तोकेपनि यस प्रदेशमा समय सकिनु एक घन्टाअगावै मतदाताले मतदान गरिसकेका थिए ।

भिडियो हेर्नुहोस्