काठमाडौं, मंसिर २० । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत् बिहीबार भएको दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब र मच्छिन्द्र क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।
एन्फा मैदान सातदोबाटोमा भएको खेलमा ब्रिगेड र मच्छिन्द्रले गोलरहित बराबरी खेलेका हुन् ।
खेलको ४५औं मिनेटमा ब्रिगेडका कैलाश बस्नेतले प्रहार गरेको उत्कृष्ट हेड पोलमा लागेर फर्किएको थियो ।
सो खेलमा ब्रिगेडका जय गुरुङले ‘म्यान अफ दी म्याच’ घोषित हुँदै रु १० हजार प्राप्त गरे ।
बराबरीसँगै ब्रिगेड ६ खेलबाट ४ अंक जोड्दै अंकतालिकाको १२औं स्थानमा छ भने मच्छिन्द्र ६ खेलबाट ३ अंक जोड्दै १३औं स्थानमा छ ।
छैटौं चरणका खेल सकिए
लिगअन्तर्गत् छैटौं चरणका खेल सकिएका छन् ।
छैटौं चरण सकिँदासम्म शतप्रतिशत नतिजासहित मनाङ–मर्स्याङ्दी क्लब लिगको शीर्ष स्थानमा छ । थ्रीस्टारले मनाङलाई पछ्याइरहेको छ ।
सातौं चरणका खेल मंसिर २२ गतेदेखि हुनेछन् । रासस








प्रतिक्रिया दिनुहोस्