२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


राष्ट्रियसभामा प्रदेश–३ बाट यी हुन् विजयी


0
Shares

बुधबार साँझ सम्पन्न मतगणनाअनुसार विजयी हुनेहरुमा खुलातर्फ माओवादी केन्द्रबाट रामबहादुर थापा, कांग्रेसबाट राधेश्याम अधिकारी र एमालेबाट बलराम बास्कोटा रहेका छन् ।

यस्तै, महिलातर्फ एमालेबाट उदया शर्मा पौडेल, दिलकुमारी रावल थापा र कांग्रेसबाट धन खतिवडा रहेका छन् ।

दलिततर्फ एमालेबाट सिंहबहादुर विश्वकर्मा र अल्पसंख्यकमा एमालेकै रामचन्द्र राई रहेका छन् ।

प्रदेश नम्बर–३ को राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबारै ललितपुर महानगरपालिकाको जावलाखेल फुटबल मैदानमा मतदान भएको थियो ।