१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


सम्बन्ध विच्छेदका घटना बढ्दै, सानै उमेरमा विवाह र बैदेशिक रोजगार प्रमुख कारण


0
Shares

गत आर्थिक वर्ष २०७३/७४ मा ६ सय ७१ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकोमा चालु आर्थिक वर्ष २०७४/७५ को हालसम्ममा ३ सय ३२ मुद्दा दर्ता भएको जिल्ला अदालत झापाले जनाएको छ ।

२०७४÷७५ को माघ २३ गते सम्ममानै ३ सय ३२ मुद्दा अदालतमा आउनु उच्च भएको जिल्ला अदालत झापाका शाखा अधिकृत इन्द्रबहादुर योङ्हाङले बताए ।

यही अनुपातमा मुद्धा दर्ता हुँदै गए गत वर्षको तुलनामा यस आर्थिक वर्षमा सम्बन्ध विच्छेदका मुद्दा उच्च हुने उनको भनाई छ ।

सम्बन्ध बिच्छेद गर्नेमा सबैभन्दा धेरै २० देखि ३५ वर्ष उमेर समूहका छन् ।

ग्रामीण क्षेत्रका परिवारमा कम चेतना, कम उमेरमानै विवाह हुनु, सम्पत्ति तथा अंश, श्रीमान् वैदेशिक रोजगारीमा जानु, घरेलु हिंसा सहन नसक्नुलगायतका कारणले सम्बन्ध विच्छेदका घटना बढेको बताइएको छ ।