३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


चितवनमा पिच पेल्ने रोलरले किचेर एक जनाको मृत्यु


0
Shares

आज (बिहीवार) बिहान नारायणगढ-मुग्लिन सडकखण्डको पिच पेल्ने क्रममा को १ क ४७८ नम्बरको रोलरले किचेर तनहुँ डुम्रेका करिव २१ वर्षिय कृष्ण गुरुङकोे मृत्यु भएको हो ।

गुरुङले मानसिक सन्तुलन गुमाएको र तेस्रो लिंगी व्यक्ति भएको चितवन प्रहरीले जानकारी दिएको छ ।

रोलरले किचेका घाइते भएका गुरुङलाई उपचारका लागि भरतपुर अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

रोलर र चालकलाई वडा प्रहरी कार्यालय नारायणगढले नियन्त्रणमा लिएको छ ।