Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


विमल बेल्जियम प्रस्थान, किरण काठमाडौं आइपुगे


0
Shares

काठमाडौं, मंसिर १९ । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य विमल घर्तीमगर बुधबार बेल्जियम प्रस्थान गरेका छन् ।

बेल्जियमको दोस्रो डिभिजनको क्लबमा ‘ट्रायल’ दिन विमल कम्तीमा १० हप्ताका लागि बेल्जियम प्रस्थान गरेका हुन् ।

ट्रायलमा सफल भएको खन्डमा विमललाई सोही क्लबले अनुबन्ध गर्ने सम्भावना रहेको छ ।

काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विमल च्यासल युथ क्लबमा आबद्ध थिए । च्यासलबाट पाँचौं चरणका खेलसम्म खेलेका विमल क्लबसँगको करार रद्द गर्दै बेल्जियम लागेका हुन् ।

विमलको कप्तानीमा नेपालले सन् २०१५ मा १९ वर्षमुनिको साफ च्याम्पियनसिप जितेको थियो ।

गोलकिपर किरण चेम्जोङ फर्किए

नेपाली राष्ट्रिय फुटबल टोलीका पहिलो रोजाइका गोलकिपर किरण चेम्जोङ माल्दिभ्सको लिग सकाएर स्वदेश फर्किएका छन् ।

बुधबारै काठमाडौं आइपुगेका किरणलाई ‘ए’ डिभिजन लिगमा अनुबन्ध गर्न केही क्लबहरु इच्छुक रहेको स्रोतले जनाएको छ ।

किरणको टिमले माल्दिभ्सको लिग जित्दा किरणले उत्कृष्ट गोलकिपरको उपाधि पाएका थिए । सो लिग सिजनभर उनले ५ गोलमात्रै खाएका थिए ।