Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


इरानद्वारा अमेरिकालाई समुद्री मार्ग बन्द गर्ने चेतावनी


0
Shares

तेहरान, मंसिर १९ । इरानले अमेरिकालाई समुद्री मार्ग बन्द गरिदिने चेतावनी दिएको छ ।

इरानबाट तेल निर्यातमा लगाइएको अमेरिकी प्रतिबन्धका बारेमा टिप्पणी गर्दै इरानका राष्ट्रपति हसन रुहानीले यस्तो चेतावनी दिएका हुन् । उनले भने, ‘इरानबाट तेल निर्यात रोक्न सकिँदैन भन्ने कुरा अमेरिकालाई थाहा हुनुपर्ने हो, यदि अमेरिकाले त्यो गल्ती गरेमा हामी समुद्री मार्ग दिने छैनौं ।’

अमेरिकाले इरानबाट तेल निर्यात रोकेमा खाडी राष्ट्रबाट समेत तेल निर्यात हुन नसक्ने उनले प्रष्ट पारे ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बहुराष्ट्रिय परमाणु सम्झौताबाट अमेरिकालाई अलग तुल्याएपछि इरानको बैंकिङ र पेट्रोलियम क्षेत्रमा प्रतिबन्ध लगाएका छन् । ४ नोभेम्बरबाट लागू भएको यो प्रतिबन्धअनुसार अमेरिकाले इरानसँग तेल खरिद नगर्न सहयोगी राष्ट्रहरुलाई दबाब दिँदै आएको छ । (एजेन्सी)