२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


कन्दमूल खोजेर खाने राउटे समुदाय बजार आएर सामान किन्न थाले


0
Shares

दैलेख, फागुन २ । जंगलमा बसेर कन्दमूल खोजेर खाने र बाँदरको शिकार गर्दैै आएका अछामका राउटे समुदायको दिनचर्या विस्तारै परिवर्तन हुँदै गएको छ ।

विभिन्न गैरसरकारी संघसंस्थाले राउटे जातीको उत्थान गर्नेसम्बन्धी कार्यक्रम सञ्चालन गरेपछि उनीहरुको जीवन विस्तारै परिवर्तन हुँदै आएको हो ।

अहिले राउटे समुदायका मानिस सदरमुकाममै आएर आफूहरुलाई चाहिने चामल, दाल, नून, तेललगायतका सामग्री खरिद गर्ने गरेका छन् । सरकारले राउटे समुदायका लागि दिँदै आएको भत्ता र चामल लिनसमेत उनीहरु सदरमुकाम आउने गर्दछन् ।

योसँगै उनीहरुले अन्य समुदायका मानिससँग सम्बन्धसमेत विस्तार गर्दै लगेका छन् ।